Tuesday, 2 February 2021

प्रचण्ड-माधव समूहका विद्यार्थीद्वारा संसद भवन अगाडि चक्काजाम (फोटो फिचर)

२१ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका विद्यार्थीहरुले नयाँ वानेश्वर सडक चक्काजाम  गरेका छन् ।  पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले केही समय सडक जाम गराएर प्रदर्शन गरेका हुन् ।

यसअघि सार्वजनकि कार्यक्रम अनुसार २१ गते बुधबार सबै क्याम्पस अगाडि चक्काजाम गर्ने उल्लेख थियो । सोहीअनुसार मिन भवन क्याम्पसका विद्यार्थीले नयाँवानेश्वरस्थित संसद भवनकै अगाडि जाम गराएका हुन् ।

तस्वीर : आर्यन धिमाल



source https://www.onlinekhabar.com/2021/02/928519

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More