Thursday 25 February 2021

धर्नामा बसेका वादी समुदाय बिरामी पर्न थाले

१४ फागुन, सुर्खेत । व्यवस्थित बसोबासको माग गर्दै कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका वादी समुदाय बिरामी पर्न थालेका छन् ।

जेष्ठ नागरिक, महिला तथा बालबालिका बिरामी पर्न थालेका हुन् । खुल्ला चौरमा चार दिनदेखि दिनरात धर्नामा बसेका उनीहरू बिरामी पर्न थालेका वादी समुदायका अगुवा हिकमत वादीले जानकारी दिए ।

हिकमतका अनुसार उनीहरुमा झाडापखाला, रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । ‘दिउँसोको चर्काे घाम र रातिको चिसोले पनि होला झाडापखाला, रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्,’ उनले भने, ‘आज दिउँसो त केही महिला एक्कासी बेहोस भए, राम्रोसँग खान नपाउँदा पनि समस्या भएको छ ।’ बिरामी परेका केहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको उनले जानकारी दिए ।

खेती गर्न स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै दैलेख र कालिकोटका वादी समुदायहरू कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा धर्नामा बस्दै आएका छन् ।



source https://www.onlinekhabar.com/2021/02/933835

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More