Thursday 25 February 2021

तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट

१४ फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लु पुष्टि भएको छ । बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा र दानाहरु नष्ट गरिएको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले अनलाइनखबरलाई बताए ।

संक्रमण विहीबार पुष्टि भएको र त्यस क्षेत्रका हजारौं कुखुरा नष्ट गरिएको उनको भनाइ छ । अहिले केन्द्रीय बर्डफ्लु समन्वय समितिको बैठक बसिरहेको र केहीबेरमा बिस्तृत जानकारी सार्वजनिक गरिने पनि प्रवक्ता ढकालले बताए ।

तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकाेटाले साङ्लास्थित छाप भन्ने ठाउँका पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु देखिएको अनलाइनखबरलाई बताए ।

कुखुरापालक व्यवसायीहरु कमल गाैतम, सरिता शाह, सम्झना ठकुरी तिवारी, अमृत थापा र शान्ता खनालकाे फर्ममा पालिएकाे बाेइलर, लेयर्स र चल्लामा कुखुरा संक्रमण भेटिएकाे सापकोटाले बताए ।

तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।

यसअघि हाँसमा मात्रै देखिएको बर्डफ्लु अहिले कुखुरामा पनि पुष्टि भएको जानकारी आफूले पाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताए । ‘मैले पनि भर्खरै सुनेँ, पशु सेवाका साथीहरू बैठकमा छन्, केहीबेरमा पिस्तृत विवरण सार्वजनिक गर्छाैं,’ प्रवक्ता घिमिरेले भने ।



source https://www.onlinekhabar.com/2021/02/933838

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More