Friday 26 February 2021

सरकारी संस्थामार्फत होटल सञ्चालन

१५ फागुन, काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा सहकारी संस्थामार्फत होटल सञ्चालन गरिएको छ । पाउद्वार पर्यटन सहकारी संस्थाले अन्नपूर्ण गाउँपालिका-५ खोपारामा ४० जना क्षमताको २० कोठे होटल सञ्चालन गरेको हो । उक्त सहकारी संस्थाले पदमार्गसमेत सुरु गर्ने तयारी गरेको छ ।

पर्यटनको लाभ समुदायमा पुर्‍याउन नेपालमै पहिलो पटक नयाँ अवधारणामा होटल सञ्चालन गरिएको सहकारीका अध्यक्ष राजेश तिलिजा पुनले बताए । ‘राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको अवधारणाअनुसार नेपालमै पहिलो सहकारीबाट होटल चलाएका हौं,’ उनले भने, ‘पाउद्वारलाई केन्द्रित गरेर वरपरका पर्यटकीयस्थललाई समेटेर नयाँ पदमार्ग सञ्चालनको तयारी गरेका छौं ।’

यसअघि पाउद्वार मावि र हिमाञ्चल माविले खोपारा लेकमा सञ्चालन गर्दै आएको सामुदायिक होटललाई सहकारी मातहत ल्याइएको हो । होटलका संरचनाको मूल्यांकन गरेर २५ प्रतिशत पाउद्वार माविका निजी स्रोतका शिक्षकको तलबका लागि अक्षयकोष बनाउने सम्झौता भएको छ ।

गाउँपालिकामा पहिलो पटक दर्ता भएर यही फागुन ११ गतेदेखि सञ्चालन भएको सहकारीमा हाल पाउद्वारका १२३ जनाले ८८ लाख रुपैयाँ शेयर लगानी गरेका छन् । गाउँमा बचत, ऋण लगानी र आर्थिक क्रियाकलापका साथै होटलमा जनशक्ति परिचालन गर्नेदेखि आम्दानी खर्चको विवरण सबै सहकारीमार्फत गरिने भएको छ ।

होटलको आम्दानीलाई सञ्चालन खर्च कटाएर मुनाफाका रुपमा शेयर सदस्यलाई वितरण गरिनेछ । विद्यालयअन्तर्गत सञ्चालन गर्दा व्यवस्थापनमा समस्या देखिएपछि सहकारी मातहत ल्याइएको अध्यक्ष तिलिजाले बताए ।



source https://www.onlinekhabar.com/2021/02/934143

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More