१४ फागुन, काठमाडौं । अमेरिकाले साउदी अरबका पत्रकार जमाल खशोग्जीको हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने भएको छ । रिपोर्टमा हत्यामा साउदी अरबका शक्तिशाली युवराज मोहम्मद विन सलमानलाई जिम्मेदार ठहर्याइएको अनुमान गरिएको छ ।
पत्रकार खशोग्जीको हत्या सन् २०१८ को अक्टुबर २ तारिखमा टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासभित्र हत्या भएको थियो । उनको मृत शरीरलाई क्षतविक्षत पारिएको थियो ।
खशोग्जीलाई साउदी अरबका शासकको आलोचक मानिन्थ्यो । त्यसैले उनको हत्या साउदी राजकुमारले नै गराएको अनुमान छ । यद्यपि साउदी राजकुमारले आफूमाथि लगाइएको आरोप र गरिएको शंकालाई नकार्दै आएका छन् ।
यो पनि पढ्नुहोस साउदी अरबले भन्यो – पत्रकार खसोग्जीको हत्या गम्भीर त्रुटी, युवराजको हात छैनअमेरिकाले आगामी बिहीबार खशोग्जी हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्न सक्ने बीबीसीले जनाएको छ । अनुसन्धान रिपोर्ट तयार पार्न अमेरिकी गुप्तचर विभाग सीआईएले मुख्य भूमिका निर्वाह गरेको बताइएको छ ।
‘अमेरिकी राष्ट्रपति जो बाइडनले यो हत्याको रिपोर्ट पढिसकेका छन् र उनले यसबारेमा साउदी अरबका बादशाह सलमानसँग कुरा पनि गर्ने तयारी गरेका छन्,’ बीबीसीले लेखेको छ, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा साउदी अरब र अमेरिकाबीच नजिकको सम्बन्ध थियो । बाइडनले भने साउदीसँगको सम्बन्धलाई नयाँ सिराबाट अघि बढाउन चाहेका छन् ।’
को हुन् खसोग्जी?
साउदी अरबका कट्टर आलोचक मानिने खसोग्जी एक चर्चित पत्रकार तथा लेखक हुन् । उनी अल अरब न्यूज च्यानलका पूर्व प्रधान सम्पादकसमेत हुन् ।
खसोग्जी सन् २०१७ सेप्टेम्बरमा साउदी अरबबाट भागेर अमेरिका पुगेका थिए । उनले देशबाहिरबाटै साउदी अरब सरकार र साउदीका शक्तिशाली युवराज सलमानको आलोचना गर्दै अखबारमा लेखहरु लेख्दै आएका थिए ।
उनले पछिल्लो समय ‘द वासिङटन पोस्ट’मा नियमित स्तम्भ लेख्दै आएका थिए । आफ्नो पूर्वश्रीमतीसँग सम्बन्धविच्छेद गरेका उनी टर्कीको एक महिलासँग विवाह गर्ने तयारीमा थिए ।
सम्बन्धविच्छेदको कागजपत्र लिन सेप्टेम्बर २८ मा उनी पहिलोपटक टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासमा गएका थिए ।
उनलाई त्यहाँबाट अक्टोबर २ मा फेरि आउन भनिएकाले उनी दूतावास गएका थिए तर, उनी त्यहाँबाट कहिल्यै फर्केनन् ।
source https://www.onlinekhabar.com/2021/02/933820
0 comments:
Post a Comment