Tuesday, 23 February 2021

विवेकशील साझाले भन्यो – प्रधानमन्त्री र राष्ट्रपति तत्काल राजीनामा देऊ

१२ फागुन, काठमाडौं । विवेकशील साझा पार्टीले संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपतिले गरेको असंवैधानिक संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि वक्तव्य जारी गर्दै विवेकशील साझाले अब नैतिकताका आधारमा उनीहरुले तत्काल राजीनामा दिनु पर्ने बताएको हो ।

‘विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी सांसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्दछ,’ प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विवेकशीलले विज्ञप्तिमा थपअघि लेखेको छ, ‘संविधानको रक्षा गर्ने दायित्वलाई रतिभर ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबर स्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनु पर्दछ।’

 



source https://www.onlinekhabar.com/2021/02/933340

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More