२२ माघ, काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता सडकमा उत्रिएका छन् ।
बिहानैदेखि सडकमा निस्किएका केही नेता-कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अहिले ठूलो संख्यामा नेता-कार्यकर्ता प्रदर्शनसहित सडकमा निस्किएका हुन् ।
बन्द गराउन रत्नपार्कबाट नेता-कार्यकर्ताको जुलुस नै निस्केको छ । अन्य चोक र सडकमा पनि कार्यकर्ताहरु निस्किएका छन् ।
बिहानै कलंकीबाट नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता-कार्यकर्ता भने पक्राउ परिसकेका छन् ।
तस्वीर : विकास श्रेष्ठ
source https://www.onlinekhabar.com/2021/02/928765
0 comments:
Post a Comment