Monday 28 June 2021

देशभर २७ प्रतिशत रोपाइँ

१५ असार, काठमाडौं । असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । सोमबार साँझसम्म देशभर २७.१२ प्रतिशत भूभागमा धान रोपाई भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो ।

कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलकाअनुसार असार १४ गतेसम्म देशभर झण्डै तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

गत वर्ष यो अवधिमा चार लाख ८६ हजार हेक्टरमा धान रोपाइँ सकिएको थियो । बर्खा याममा नेपालभर १३ लाख ७१ हजार ७ हेक्टरमा धान खेती हुने पनि उनले जानकारी दिए ।

सयममै मनसुन सुरु भएको छ र मल बिउको उपलब्धताका कारण देशभर यसवर्ष रोपाइँ उल्लासमय रहेको विभागको दाबी छ । देशभरका ७७ जिल्लामध्ये रामेछापमा यस वर्ष कम पानी परेका कारण रोपाइँमा ढिलाइ भएको गुनासो विभागमा आएको छ । अन्य जिल्लाहरुमा भने रोपाइँ नियमित रुपमा चलिरहेको विभागको भनाइ छ ।

कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा भर्खर रोपाइँ सुरु भएको विभागले जनाएको छ । कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ भने प्रदेश दुईमा सबैभन्दा कम १० प्रतिशत क्षेत्रधफलमा मात्रै रोपाइँ सकिएको छ ।

प्रदेश २०७८ असार १५ २०७७ असार १५
धान रोपाई भएको % धान रोपाइँ हुने क्षेत्रफल हे. धान रोपेको क्षेत्रफल हे. धान रोपाइँ भएको % धान रोपाइँ हुने क्षेत्रफल हे. धान रोपेको क्षेत्रफल हे.
प्रदेश न १ १७.९९ २७५९०१ ४९६२३.२५ २१.८० २७५९०१.०० ६०१५१.४०
प्रदेश नं २ १०.५५ ३६५६१५ ३८५८६.८४ २९.०२ ३६५६१५.०० १०६०९८.३५
बाग्मती प्रदेश २१.०७ ११५२९५ २४२८८.४४ ३६.२२ ११५२९५.०० ४१७५८.७८
गण्डकी प्रदेश १५.३४ १०८२७८ १६६१२.१९ ३५.६६ १०८२७८.०० ३८६१०.८८
लुम्विनी प्रदेश ४५.९४ ३०३५९३ १३९४५६.४९ ४५.९९ ३०३५९३.०० १३९६०८.२०
कर्णाली प्रदेश ६२.१४ ३८३८५ २३८५०.७ ४९.२ ३८३८५.० १८८६७.७
सुदूर पश्चिम प्रदेश ४८.३१ १६४६३९ ७९५४०.७० ४९.५४ १६४६३९.०० ८१५६७.०७
 नेपाल २७.१२ १३७१७०६ ३७१९५८. ३५.४८ १३७१७०६. ४८६६६२.३



source https://www.onlinekhabar.com/2021/06/975948

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More