Saturday, 31 July 2021

निरोगी जीवनका लागि जान्नैपर्ने खानपानको पाँच सर्त

खाना नै औषधि हो । र, विष पनि । अर्थात स्वस्थ्यकर, पोषिलो, सुपाच्य, मौसमी खानपानले शरीरलाई निरोगी र जवान राख्छ । तर, खराब खानपानले शरीरलाई रोगी र जीर्ण बनाउँछ । यसैले खानपानका बारेमा केही आधारभूत कुरा जान्न जरुरी छ । खाना त हामी खाइरहेकै हुन्छौं । दिनमै दुई–चार पटक खाना खान्छौं । तर, कस्तो खाना ? खानाको छनौट र खानपानको शैलीले हाम्रो शरीरमा प्रत्यक्ष प्रभाव पार्छ । खानपानमा लापरबाही गरे शरीर रोगी हुन्छ । खानपानमा सर्तक र सजग भए शरीर तन्दुरुस्त रहन्छ । गुलियो खाने कि टर्रो ? खानपानको सम्बन्धमा एउटा...

मेरियट इन्टरनेसनलले काठमाडौंमा मोक्सी होटल खोल्ने

१७ साउन,  काठमाडौं । मेरियट इन्टरनेशनलले इन्टरनेशनल हिमालय हस्पिट्यालिटी ए‍ण्ड होटल प्रालीको लगानीमा काठमाडौंमा ‘मोक्सी काठमाडौ होटल’ खोल्ने भएको छ । काठमाडौंको कमलादीमा बन्ने होटल एक सय आठ कोठाको हुनेछ। होटल सन् २०२५ सम्ममा निर्माण गरिसक्ने मेरियट र इन्टरनेशनल हिमालय हस्पिटालिटीबीच भएको सम्झौतामा उल्लेख छ । मोक्सी होटलको ब्रान्ड नेपालमा भित्र्याउनको लागि इन्टरनेसलन हिमालय हस्पिट्यालिटिसँगको सहकार्यमा काम गर्न उत्साहित भएको मेरियट इन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष निरज गोभिलले बताए । ‘मोक्सी जस्तो...

अमेरिकन पौडीबाज ड्रेसलले जिते टोकियो ओलम्पिकमा पाँचौ स्वर्ण

१७ साउन, काठमाडौं । अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा पाँच स्वर्ण जितेका छन् । उनले आइतबार बिहान भएको चार गुणा १०० मिटर मिडले रिलेमा अमेरिकाले विश्व कीर्तिमानसहित स्वर्ण जित्दा ड्रेसलले पनि स्वर्ण संख्या थपे । ड्रेसले बटरफ्लाई लेग स्विम गरेका थिए । ड्रेसलसँगै राएन मर्फी, माइकल आन्द्रे र ज्याक अप्पलले तीन मिनेट २६.७८ सेकेण्ड टाइमिङ निकाल्दै विश्व कीर्तिमान कायम गरेका हुन् । उनीहरुले सन् २००९ मा रोममा भएको वर्ल्ड च्याम्पियनसिपमा अमेरिकाले नै राखेको ३ मिनेट २७.२८ सेकेण्डको...

उदयपुरमा कोरोना : परिवारका तीन सदस्यको निधन, त्रियुगाको २ नम्बर वडा सिल

१७ साउन, काठमाडौं । दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिल गरिएको छ । गाईघाट-फत्तेपुर सडकखण्डको दक्षिणतर्फ पर्ने खैचनपुरलाई सिल गरिएको वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर स्थानीय प्रहरी र टोल विकास समितिको बैठक बसेर गएराति १२ बजेदेखि साउन २४ गते राति १२ बजेसम्म वडालाई सिल गर्ने निर्णय भएको वडा अध्यक्ष खत्रीले जानकारी दिए । स्थानीय पोखरेल परिवारका बुवा, छोरा र बुहारीको...

चाणक्य नीति : सुखी जीवनका लागि मननयोग्य तीन कुरा

चाणक्य महान चिन्तक एवं दार्शनिक हुन् । उनी राजनीतिक र कूटनीतिका ज्ञाता थिए । उनैले नन्द वंशका नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए । उनी सम्राट चन्द्रगुप्ताका सल्लाहकार थिए । उनलाई राजधर्मका प्रणेता, आर्थिक दर्शनका प्रतिपादक र सामाजिक दर्शनकार पनि मान्ने गरिन्छ । उनले ‘चाणक्य नीति’ नामक पुस्तक लेखेका छन् । यस पुस्तकमा जीवन र जगतका बारेमा थुप्रै कुरा लेखिएका छन्, जो हामीलागि  अनुकरणिय हुनसक्छ । साथै यसले हामीलाई सार्थक मार्ग पहिल्याउन मद्दत गर्छ । धन खर्च गर्दा सोंच विचार गरौं धन आफैमा पूर्णता...

मित्रहरू ! पाखण्डको पनि सीमा हुन्छ

‘लाल-बुझक्कड’ प्रामाणिक पात्र हैनन् । ‘लाल-बुझक्कड’ का कविता र कथाहरू कसरी, कहाँबाट, कहिले बने, प्रष्ट छैन । तर जनश्रुतिमा भने उनी प्रामाणिक राजा-महाराजा, सन्त, कवि र कथाकार भन्दा कम लोकपि्रय र स्थापित छैनन् । भनिन्छ लाल-बुझक्कड प्राचीन भारत वर्षको कुनै गाउँका प्रधानपञ्च थिए । आम जनसमुदाय अनपढ र अशिक्षित भएको समय थियो, त्यो । जनता अनेक समस्या र नसुल्झिएका रहस्य लिएर उनीसामु जान्थे । उनी जनसमुदायलाई ‘म सबैथोक जान्ने मान्छे हुँ’ भन्ने भ्रम दिन अनेक नाटक र अभिनय गर्थे । अनेक रोचक अड्कलबाजी र अर्थ निर्माण...

टोकियो ओलम्पिकमा ७ पदक जित्दै अष्ट्रेलियन एम्मा म्याककेओनले बराबरी गरिन् कीर्तिमान

१७ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अष्ट्रेलियन स्वीमर एम्मा म्याकेओनले चार स्वर्णसहित सात पदक जितेर सन् १९५२ को हेलसिन्की ओलम्पिकमा सोभियन युनियनकी जिम्न्यास्ट मारिया गोरोखोभ्स्काले बनाएको कीर्तिमान बराबरी गरेकी छन् । एम्माले एकै ओलम्पिकमा सर्वाधिक पदक जित्ने महिला खेलाडीको कीर्तिमान बराबरी गरेकी हुन् । एम्माले टोकियोमा सातौं पटक आइतबार चार गुणा १०० मिटर मिडले रिलेमा जितेकी हुन् । जसले उनलाई एउटै ओलम्पिकमा धेरै पदक जित्ने महिला स्वीमर समेत बनायो । त्यसअघि आइतबारै एम्माले ५० मिटर...

शरीर विज्ञान : कसरी हामी बुढो हुन्छौं ?

मान्छेलाई बुढ्यौलीसँग डर लाग्छ । जब–जब शरीर बुढ्यौलीतर्फ धकेलिदै जान्छ, शरीरका अंगहरु शिथिल हुँदै जान्छन् । यसले उर्जा र उत्साह पनि घटाउँछ । अनेक रोगहरुले च्याप्न थाल्छ । त्यसैले मान्छे सधै जवान बन्न चाहन्छ । तर, बुढ्यौली एक शारीरिक प्रक्रिया हो । जन्म र मृत्यु जसरी निश्चित छ, उसैगरी बुढ्यौली पनि । आजको बालक भोलि बुढ्यौलीबाट गुज्रिनै पर्छ । यद्यपि कोही चाडै बुढ्यौलीमा प्रवेश गर्छन्, कोही ६५–७० बर्षसम्म पनि जवान दिन्छन् । आखिर के कारणले हामी चाडै बुढो हुन्छौं ? विज्ञहरु भन्छन्, ‘यसमा हाम्रो वंशानुगत...

संयुक्त विद्यार्थीद्वारा मप विश्वविद्यालयमा थप आन्दोलन घोषणा

१७ साउन, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विभिन्न १८ बुँदे माग राख्दै दुई सातादेखि आन्दोलनमा रहेका विद्यार्थीहरुले आफूहरुका माग सम्बोधन नगरेको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । आइतबार आज विश्वविद्यालयका सम्पूर्ण सवारी साधान अनिश्चितकालीन रुपमा बन्द गर्ने, १८ गते सम्पूर्ण आंगिक क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गर्ने, १९ गते उपकुलपति, रजिष्ट्रार र परीक्षा प्रमुखको ‘कुकुर अभिनन्दन’ गर्ने...

सिन्धुपाल्चोकमा बाढी : रातो पुल पनि बगायो

१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको रातो पुल बाढीले बगाएको छ । बाढीले आइतबार बिहान पुल पनि बगाएको हो । गत असार १ गते आएको बाढीमा यो पुल जोगिएको थियो । गएरातिको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । झोलुङ्गे पुलले हेलम्बुको तीन र चार नम्बर वडालाई जोड्दथ्यो । यसैगरी पक्की पुल (रातो पुल)ले हेलम्बु र मेलम्चीलाई जोड्दथ्यो । यो एकमात्र पक्की पुल (ट्रस्ट ब्रिज) पनि बगेपछि हेलम्बुसँगको...

साताको सेयर बजार : आत्तिएका लगानीकर्ता उत्साहित

१७ साउन, काठमाडौं । पछिल्लो साता सेयर बजारमा ‘चमक’ देखिएको छ । साताको एक दिन झिनो अंकले सेयर कारोबार मापनमा नेप्से परिसूचक घटे पनिअधिकांश दिन बढ्यो । पछिल्लो २ सातायता नेप्से परिसूचक बढेर सेयर बजारमा पटक-पटक नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो दिन आइतबार नै नेप्से परिसूचक तीन हजार ५९ अंकमा पुगेर उच्च विन्दु क्रस गर्‍यो । त्यसको भोलिपल्ट झिनो अंकले घटेको नेप्से परिसूचक मंगलबार तीन हजार ८० पुगेर नयाँ रेकर्ड बन्यो । नयाँ रेकर्ड बन्ने क्रम बुधबार पनि जारी नै रहृयो । सक्रिय लगानीकर्ता नयन बास्तोला...

कांग्रेसमा १३ निर्वाचन क्षेत्रको विवाद, जसले महाधिवेशन नै अनिश्चित बनायो

१७ साउन, काठमाडौं । पूर्वनिर्धारित कार्यतालिकाअनुसार काम भएको भए नेपाली कांग्रेस यतिबेला अधिवेशनको मुडमा हुन्थ्यो । वडा र गाउँ तथा नगर कमिटी चयन भइसक्थ्यो भने केन्द्रीय महाधिवेशनको गर्मागमी चलिरहेको हुन्थ्यो । तर कांग्रेस क्रियाशील विवादमै अल्झिएको छ । छानविनका लागि छुट्टै समिति बनाएर काम गर्दा पनि १३ वटा निर्वाचन क्षेत्रको विवाद अझै टुंगिएको छैन । सिन्धुपाल्चोक, रसुवा, धनुषा–४, सर्लाही–२, बारा र पर्साको क्रियाशील सदस्यताको विवाद के हो ? किन छानविन समितिले टुंगो लगाउन सकेन त ? सिन्धुपाल्चोक सिन्धुपाल्चोकमा...

फरेस एल बाखले जिते कतारका लागि पहिलो ओलम्पिक स्वर्ण

१७ साउन, काठमाडौं । कतारका फरेस एल बाखले जापानमा भइरहेको टोकियो ओलम्पिक अन्तर्गत पुरुष वेइटलिफ्टिङ ९६ केजीमा ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका छन् । उनले कूल ४०२ केजी भार बहन गर्दै ओलम्पिक कीर्तिमान बनाए । एल बाखले स्न्याचतर्फ १७७ केजी भार उठाएका थिए भने क्लिन एण्ड जर्कतर्फ २२५ केजी भार उठाए । उनले क्लिन एण्ड जर्ककमा कीर्तिमान बनाएका हुन् । एल बाखको स्वर्ण कतारले ओलम्पिकमा जितेको अहिलेसम्मकै पहिलो स्वर्ण हो । यसअघि कतारले रजत र कास्य मात्र जितेको थियो । यस इभेन्टमा भेजेजुएलाका जिओभान भालेनिला...

मध्यरातमा लुटिइन्छ कालीगण्डकी

१७ साउन, गलकोट । बिहीबार रातको ठीक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा-मालढुङ्गा र मालढुङ्गा- बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए । यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी कालीगण्डकी नदीमा ओर्ले । दिनभर आफ्नै गतिमा बगेको कालीगण्डकीलाई रातमा बिथोल्न खोजिन्छ । कालीगण्डकी सभ्यता, कालीगण्डकी डाइभर्सन र चुरे अहिले जोडतोडले उठेको विषय हो । अन्य स्थानमा...

उदयपुरमा कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु

१७ साउन, उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको छ । पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम शुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले सङ्क्रमित भएपछि शनिबार रातिदेखि...

टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज ड्रेसलले जिते चौथो स्वर्ण

१७ साउन, काठमाडौं । अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा ५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमान सहित स्वर्ण जितेका छन् । टोकियोमा उनको स्वर्ण संख्या चार पुगेको छ । आइतबार बिहान भएको प्रतिस्पर्धामा ड्रेसलले २१.०७ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । उनले ब्राजिलका सेलार सेइलोको नाममा रहेको २१.३० सेकेण्डको ओलम्पिक कीर्तिमान तोडे । यस इभेन्टमा विश्व कीर्तिमान पनि उनै सेइलोको नाममा रहेको छ । उनले २००९ मा २०.९१ सेकेण्डको कीर्तिमान बनाएका थिए । फ्रान्सका फ्लोरेन्ट मालाउडे...

अफगानिस्तानका प्रमुख तीन शहर कब्जा गर्ने तालिबानको प्रयास, भिडन्त जारी

१७ साउन, काठमाडौं । अफगानिस्तान सैनिकको नियन्त्रणमा रहेका प्रमुख तीन शहर तालिबान समूहले कब्जामा लिन खोजेपछि दुईपक्षीय भिडन्त भएको छ । अफगानिस्तानको पश्चिम र दक्षिण क्षेत्रमा रहेको हेरात, लस्करगाहा र कान्दाहारमा तालिबानले कब्जामा लिन खोजेपछि भिडन्त भएको हो । आगामी सेप्टेम्बरसम्ममा अफगानिस्तानबाट सबै विदेशी सेना बाहिरिने घोषणा भएसँगै तालिबान समूहले आक्रमण तीव्र बनाएको छ । तालिबानले ग्रामिण क्षेत्रहरु कब्जा जमाउँदै गएको छ । यद्यपि प्रमुख शहरहरु भने अफगान सेनाकै नियन्त्रणमा रहेका छन् । दुईपक्षीय भिडन्तका...

हेलम्बुमा बाढीपीडित सरोकार समिति गठन

१७ साउन, सिन्धुपाल्चोक । स्थानीय, प्रदेश र केन्द्र सरकारले बेवास्ता गरेको भन्दै हेलम्बुका बाढी प्रभावितले संघर्ष समिति गठन गरेका छन् । उनीहरुले शनिबार भरत थापको अध्यक्षतामा ३५ सदस्यीय हेलम्बु–मेलम्चीखोला बाढीपीडित सरोकार समिति गठन गरेका हुन् । गठित समितिमा मिङ्मार शेर्पा उपाध्यक्ष, अर्जुन भण्डारी सचिव रहेका छन् । बाढी गएको ४५ दिन भइसक्दा पनि स्थानीय, प्रदेश र केन्द्र कुनै पनि सरकारले प्रभावितको समस्या सुनुवाइ नगरेको उनीहरुको गुनासो छ । सो अवसरमा अध्यक्ष थापाले आवश्यक पर्दा समितिले तिनै तहका सरकारसँग...

परीक्षा अघि विद्यार्थीलाई खोपको व्यवस्था गर्न नेविसंघको माग

१७ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले परीक्षा दिनुअघि विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेविसंघले कक्षा १२ को परीक्षा नजिकिएकाले सबै परीक्षार्थीलाई खोप लगाउन माग गरेको हो । साउन ३१ गते शुरु हुने कक्षा १२ को परीक्षामा ४ लाख विद्यार्थी सहभागी हुँदैछन् । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले परीक्षा दिनुअघि विद्यार्थीको नि:शुल्क कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए विद्यार्थीलाई दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था...

बार्सिलोना वियजी

१७ साउन, काठमाडौं । प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पानिस क्लब बार्सिलोनाले जर्मन क्लब भिएबबी स्टुटगार्डमाथि सहज जित हात पारेको छ । मर्सेडिज बेन्ज एरेनामा भएको खेलमा बार्सिलोनाका लागि मेम्फिस डिपाएले २१औं, युसुफ डेमिरले ३६औं र रिकार्ड पुइजले ७४औं मिनेटमा गोल गरे । यस्तै अर्को जर्मन क्लब बायर्न म्युनिख इटालियन क्लब नापोलीसँग ३-० ले नै पराजित भएको छ । म्युनिकमा भएको खेलमा नापोलीका लागि भिक्टोर ओसिमहेनले ६९औं र ७१औं मिनेटमा गोल गरे । यस्तै जिनेदिन माचाचले ८५औं मिनेटमा एक गोल थपे । रोमा र सेभियाले...

टर्कीमा बढ्दो गर्मीका कारण आगलागी, ७ जनाको मृत्यु

१७ साउन, काठमाडौं । टर्कीमा बढ्दो गर्मीका कारण जंगलमा डढेलो लाग्दा हालसम्म कम्तीमा सात जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार स्याटेलाइटबाट प्राप्त तस्वीरमा मर्सिन र एन्टालयामा लागेको आगोको धुवाँ १५० किलोमिटर टाढा साइप्रस द्वीपसम्म पुगेको देखिएको छ । टर्कीमा गर्मी मौसममा डढेलो लाग्नु सामान्यजस्तै मानिन्छ । तर सरकारी अधिकारीहरुले यसपटकको डढेलो ठूलो क्षेत्रमा फैलिएको बताएका छन् । टर्कीको कृषि एवम् वनमन्त्रीले भनेअनुसार हालसम्म आगलागीका ९८ घटना आएका छन् । तीमध्ये ८८ स्थानको आगो नियन्त्रणमा...

एनआरएनए जर्मनीको अध्यक्षमा मिलनराज पन्त विजयी

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा मिलनराज पन्त ८२८ मतका साथ विजयी बनेका छन् ।अध्यक्षका अर्का प्रत्यासी निनम्मा राईलाई २५७ मतान्तरले पराजित गर्दै पन्त निर्वाचित भएका हुन् । राईले ५७१ मत प्राप्त गरिन्। एक हजार ५९५ पंजीकृत सदस्यहरूरहेको जर्मनीमा एक हजार ४३३ जनाले अनलाइनमार्फत मतदान गरेका थिए । यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य (आईसीसी) पदका लागि शंकर डाँगी ९४३ मत ल्याई विजयी बने । अर्का प्रत्यासी विनोद अधिकारीले ३६९ मत प्राप्त गरेका छन्। खुल्ला उपाध्यक्षमा लोकमणि...

सिन्धुपाल्चोकमा फेरि बाढी, केही घरमा क्षति, प्रहरी चौकी विस्थापित

१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको जानकारी उनले दिए । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ । हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान...

भारतीयको ज्यादती रोक्न माग गर्दै विद्यार्थी नेताहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

१६ साउन, काठमाडौं । संयुक्त विद्यार्थी संगठनका नेताहरुले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिंदा व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् । यो पनि पढ्नुहोस एसएसबीले तुइनको डोरी निकालिदिंदा महाकाली नदीमा खसे नेपाली नागरिक प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सत्ता निकट दलका विद्यार्थी नेताहरु...

कुन औषधि कतिबेला खानु बढी प्रभावकारी ?

हामी औषधि त सेवन गर्छौ, तर त्यसलाई कुन समयमा सेवन गर्ने भन्ने कुरामा खास ख्याल गर्दैनौ । वास्तविकता के भने, कुनैपनि रोग ठीक पार्नका लागि औषधि सेवन गर्ने समयले पनि भूमिका खेल्छ । किनभने हाम्रो शरीरको अंग, अलग–अलग समयमा सक्रिय हुन्छ । त्यही कुरालाई ध्यानमा राखेर औषधि सेवन गर्नु बढी प्रभावकारी हुन्छ । खासगरी त्यस्तो औषधी, जसलाई एक पटक सेवन गर्नुपर्छ । हालै भएको एक अध्ययनबाट के पुष्टि भएको छ भने, गलत समयमा औषधि सेवन गर्दा अपेक्षाकृत कम काम गर्छ । अतः यहाँ औषधि सेवनको सहि समयबारे दिइएको छ । यद्यपी औषधि...

‘छोरा, मानवीय मूल्य जोगाऊ है !’ 

प्यारो छोरा मिरोभ, तिमी युगको त्यो सँघारमा जन्मिएका छौ, तिम्रो अगाडि भविष्यको अग्लो पहाड छ र म इतिहासको यो कठघरामा उभिएको छु, मेरोसामु ‘नोस्टाल्जिया’ को गहिरो सागर छ । त्यसैले, तिमीलाई तिम्रो यो जन्मदिनमा उपहार दिन मसँग केही छैन, शिवाय शुभकामनाका केही शब्दहरू ! छोरा, मानव केवल मासुको डल्लो होइन अनि मानव ज्ञानी, विवेकी तथा चेतनशील मात्र पनि छैन । मानव त माया, दया, करुणा, रीस, आवेग, संवेग, घृणा, आक्रोश लगायतको पुञ्ज हो । ‘त्यसो भए मानव के हो त ?’ तिमीले सोधौला । यो आफैंमा दार्शनिक प्रश्न बन्न पुग्छ...

सरकारले सबैलाई छिटो कोरोना खोप दिलाउनुपर्छ : प्रकाशमान

१६ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई छिटो खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । उनले कोभिशिल्ड खोपको दोस्रो डोज नपाएकाहरुलाई तत्काल उपलब्ध गराउन पनि आग्रह गरे । ‘हाम्रो मित्र युवा समूह’ले शनिबार बिहान काठमाडौंको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोभिशिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो सम्बोधन गर्न सरकारले ध्यान दिनु पर्ने बताए । ‘जनताले मलाई जनप्रतिनिधि भएको नाताले...

Friday, 30 July 2021

तौल कसरी बढाउने ?

यहाँ धेरैलाई तौल घटाउने चिन्ता छ । कसरी तौल नियन्त्रण गर्ने ? उनीहरु अनेक उपाय खोजिरहेका छन् । त्यसो त तौल घटाउने चक्करमा क्लिनिक धाउनेहरु पनि उत्तिकै छन् । छिटो र सजिलो ढंगले तौल घटाउने व्यापार पनि राम्ररी फस्टाउँदैछ । तर, चिन्ता तौल घटाउने मात्र होइन, तौल बढाउने पनि छ । कतिपयलाई भने घट्दो तौल वा शरीरको मापदण्डभन्दा कम तौलले चिन्ता बढाएको छ । मान्छेको तौल उसको उचाईबाट निर्धारण गरिन्छ । कति उचाईको मान्छेका लागि कति तौल उपयुक्त हुन्छ भनी निर्धारण गरिएको छ । हाम्रो उचाई अनुसार तौलको सन्तुलन मिल्नुपर्छ...

तक्मे बुढाको रेसेपी

तक्मे बुढा अर्थात विल्सन विक्रम राई कुनैबेला भाते थिए । भात भनेपछि हुरुक्कै । उनलाई भातमा केही नचाहिने, एउटै पापड भए पुग्ने । पापडसँग फुको भात जतिपनि खाइदिने । उनी सुनाउँछन्, ‘दिनमा पाँच पटकसम्म भात खान्थें ।’ उनी बेलाबखत साथीभाईलाई पनि निम्त्याएर मीठोमसिनो ख्वाउथे । ‘मलाई भेराइटी बनाउन त अल्छी लाग्दैन कि’ विल्सनले थपे, ‘तर, भात भएपछि अरु केही चाहिँदैनथ्यो । स्वादले खाइदिन्थें ।’ उनले साँच्चै स्वादिलो बनाउने परिकार चाहिँ के हो ? ‘पोर्क’ उनले भने । ‘कसरी बनाउनुहुन्छ ?’, हामीले जान्ने प्रयास ग¥यौं...

ओलम्पिकको एकै संस्करणमा जापानले जित्यो अहिलेसम्मकै धेरै स्वर्ण

१५ साउन काठमाडौं । जापानले आफ्नै देशमा भइरहेको टोकियो ओलम्पिक २०२० मा १७ स्वर्णपदक जितिसकेको छ । यसअघि धेरै स्वर्ण जित्नेमा अगाडि रहने अमेरिका र चीनलाई यस पटक जापानले टक्कर दिइरहेको छ । त्यति मात्र होइन जापानले एकै ओलम्पिकमा सर्वाधिक स्वर्ण समेत जितेको छ । शुक्रबार फेन्सिङ अन्तर्गत पुरुष इपीमा टिममा स्वर्ण जितेपछि जापानले ओलम्पिक इतिहासमै एकै संस्करणमा १७औं स्वर्ण जितेको हो । जापानले यसअघि सन् १९६४ मा आफैं आयोजक हुँदा २००४ को एथेन्स ओलम्पिकमा समान १६ स्वर्ण जितेको थियो । घरेलु भूमिमा भइरहेको ३२औं...

योजनाबद्ध लुटपाटपछि ज्ञानुको हत्या, तीन अभियुक्त पक्राउ

१६ साउन, वीरगञ्ज । सर्लाहीको लालबन्दी–१ घर भई काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिन श्रीमतीलाई सर्लाही पुगेर आउँछु भनेर निस्किए । तर उनी अब कहिल्यै घर फर्कने छैनन् । किनकी उनको लुटपाटपछि हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनकै साथी वीरगञ्ज–७ रामटोल बस्ने राहुल महर्जन, २७ वर्षीय विक्की भन्ने दीपलामा तामाङ र बारा फेटा गाउँपालिका ३ बस्ने २७ वर्षीय धनञ्जय रजकलाई पक्राउ गरेको हो । अभियुक्तहरुले लुटपाटपछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका...

डब्ल्युएचओको चेतावनी : अब डेल्टाले मृत्युको जोखिम बढाउन सक्छ

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वभर अनियन्त्रित रुपमा बढिरहेको कोरोना संक्रमणलाई लिएर चिन्ता व्यक्त गरेको छ । उसले सबै मुलुकलाई चेतावनी दिदै भनेको छ, यदि खोप अभियान तिब्र रुपमा पुरा गरिएन भने डेल्टा समेत कोरोनाको नयाँ भेरियन्टले वर्तमान धेरैको ज्यान लिनसक्छ । डब्ल्युएचओका इमर्जेन्सी डाइरेक्टर माइकल रेयानले भनेका छन्, ‘डेल्टा भेरियन्ट हाम्रो लागि ठूलो चुनौती भएको छ । यसलाई हराउनका लागि हामीले चाडो भन्दा चाडो पहल गर्नुपर्नेछ । खोप अभियानलाई अरु तिब्र बनाउनुपर्नेछ ।’ डेल्टा भेरियन्टको खतरनाक...

प्रहरी जवानको अन्तरवार्तामा चार नक्कली परीक्षार्थी

१६ साउन, डोटी । प्रहरी जवानको भर्ना प्रक्रियाको अन्तर्वार्तामा चार जना नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ । प्रहरीले सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । यस्तै श्रावण १० गते र श्रावण १४ गते पनि एक÷एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये कैलालीका दुई जना र बझाङका दुई जना रहेको प्रहरीले जानकारी दिएको छ । श्रोतकाअनुसार सक्कली परीक्षार्थीसँग न्युनतम एक लाखदेखि दुर्इ लाख रुपैयाँसम्म लिएर उनीहरु...

Page 1 of 5905123Next

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More