Wednesday 28 July 2021

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको सपथ आज

१४ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले आज सपथ ग्रहण गर्दैछन् । उनीहरुको सपथ ग्रहण बिहान साढे नौ बजे निर्धारण गरिएको छ ।

गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । यसैगरी आयोगको सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बु नियुक्त भएका छन् ।

राष्ट्रिय योजना आयोग देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्दछन् ।

आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव समेत आयोगमा पदेन सदस्य रहन्छन् ।



source https://www.onlinekhabar.com/2021/07/990928

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More