Tuesday 27 July 2021

सबैको लघुवित्तको नाफासँगै खराब कर्जा बढ्यो, प्रति सेयर आम्दानी कति ?

१३ साउन, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले मूनाफा आर्जनमा राम्रो प्रगति गरेको छ । मूनाफा राम्रो वृद्धि गरे पनि यस संस्थाको निस्कृय कर्जा भने बढेको छ ।

बुधबरा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षभित्र लघुवित्तले ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यस लघुवित्तले ३ करोड ४४ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

उता लघुवित्तको निष्क्रिय कर्जा १.६१ प्रतिशतबाट बढेर २.२५ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४८.९८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७६.६२ प्रतिशत बढेको छ ।

यस लघुवित्तको प्रति सेयर आम्दानी ३७ रुपैयाँ १ पैसा बढेर ५५ रुपैयाँ ४९ पैसा पुगेको छ ।



source https://www.onlinekhabar.com/2021/07/990493

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More