Thursday 29 July 2021

ललितपुर महानगरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै

१५ साउन, काठमाडौं । ललितपुरम हानगरपालिकामा आज शुक्रबारदेखि कोरोना भाइरस (कोभिड-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ ।

महानगरपालिका भित्रका ४५ वर्षमाथिका सबै नागरिकलाई आइतबारसम्म खोप लगाइने महानगरले जनाएको छ । खोप कार्यक्रम २९ वटै वडामा सञ्चालन हुनेछन् । खोप लगाउन आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ ।

साथै, भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको भोलिपल्ट यही साउन १८ गते सोमबारदेखि जोनसन एण्ड जोनसन कम्पनीको जान्सेन एण्ड जान्सेन खोप लगाउने कार्यक्रम सुरु गरिने महानगरपालिकाले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/07/991406

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More