Wednesday, 3 November 2021

बेन्जामाको दुई गोलमा रियल मड्रिड विजयी

काठमाडौं । करिम बेन्जामाको दुई गोलमा रियलले मड्रिडले युरोपियन च्याम्पियन्स लिगमा साख्तर डोनेस्कलाई पराजित गरेको छ ।

गएराती भएको समूह डी को खेलमा रियलले डोनेस्कलाई २-१ ले पराजित गरेको हो । समूहमा रियलको यो तेस्रो जित हो ।

घरेलु मैदानमा भएको खेलमा बेन्जामाले १४औं र ६१औं मिनेटमा गवल गरेका थिए । साख्तरका लागि पर्नान्डोले एक गोल गरे ।

जितपछि ४ खेलबाट ९ अंक जोडेर रियल शीर्ष स्थानमा छ । साख्तर डोनेस्क एक अंकसहित पुछारमा छ ।

यसै समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले एफसी सेरिफलाई ३-१ ले पराजित गरेको छ ।

इन्टरका लागि मार्को ब्रोजोभिक, मिलान स्करिनर र एलेक्स सान्चेजले गोल गरे । सेरिफका एडामा  ट्राओरले एक गोल फर्काए ।

जितपछि चार खेलबाट ७ अंक जोड्दै इन्टर दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट ६ अंकसहित सेरिफ तेस्रो स्थानमा झरेको छ ।



source https://www.onlinekhabar.com/2021/11/1034430

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More