Saturday, 6 November 2021

प्रिमियर लिग : युनाइटेड घरेलु मैदानमै पराजित, सिटी २-० ले विजयी

काठमाडौं । प्रिमियर लिगमा शनिबार राति भएको म्यानचेष्टर डर्बीमा म्यानचेष्टर सिटीले म्यानचेष्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ ।

पहिलो हाफमा बर्नार्डो शिल्भाको गोल र एरिक बाईको आत्मघाति गोलमा सिटीले युनाइटेडलाई उसैको मैदानमा हराएको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडका एरिकले सातौं मिनेटमै आत्मघाति गोल गर्दा सिटीले अग्रता बनाएको थियो । बर्नार्डोले पहिलो हाफको अन्तिममा गोल गरेका थिए ।

जितपछि ११ खेलबाट २३ अंक जोडेर सिटी दोस्रो स्थानमा उक्लेको छ । युनाइटेड समान खेलबाट १७ अंङ्कसहित पाँचौ स्थानमै यथावत छ ।



source https://www.onlinekhabar.com/2021/11/1035168

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More