Thursday, 4 November 2021

कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । लामा हालै जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका हुन् ।

बौद्धस्थित नयाँ बस्तीबाट पक्राउ परेका उनीहरुबाट ६ लाख रुपैयाँ पनि बरामत गरिएको प्रहरीले जनाएको छ ।

जुवा खेलाउने सागर लामा भने फरार छन् । उनले आफ्नो फ्ल्याटमा जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ ।



source https://www.onlinekhabar.com/2021/11/1034848

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More