Thursday, 4 November 2021

कपिलवस्तुमा जुवा खेल्दै गरेका ३१ जना पक्राउ

१९ कात्तिक, बुटवल । कपिलवस्तुमा जुवा खेल्दै गरेका ३१ जना पक्राउ परेका छन् । जिल्लाको दुई ठाउँबाटा ६ लाख बढी नगदसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका-१ बैरियास्थित किशोरजङ्ग पुनको घरबाट १९ जना र वडा नंं २ को लेकबेसी होटेलबाट १२ पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले गएराति दुई स्थानका जुवा खालबाट ६ लाख १९ हजार १२७ रुपैयाँ नगदसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरू स्थानीय उद्योगी व्यापारी भए पनि प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

पक्राउपछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए ।



source https://www.onlinekhabar.com/2021/11/1034855

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More