Saturday, 6 November 2021

शीर्ष स्थानको चेल्सी बराबरीमा रोकियो

काठमाडौं । प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीले बर्नलीसँग एक-एकको बराबरी खेलेको छ । घरेलु मैदानमा चेल्सीले पहिले अग्रता लिएपनि त्यसलाई कायम राख्न नसक्दा अंक बाँड्नु परेको हो ।

स्टानफोर्ड ब्रिजमा भएको खेलको ३३औं मिनेटमा काऐ हाभार्टले रिस जेम्सको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर ७९औं मिनेटमा जे रोड्रिगेजको पासमा माटेज भाएड्राले बर्नलीका लागि बराबरी गोल फर्काए ।

बराबरीपछि पनि ११ खेलबाट २६ अंकसहित शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानको म्यानचेष्टर सिटी भन्दा चेल्सी ३ अंकले अघि छ ।

प्रिमियर लिगकै अन्य खेलमा क्रिस्टल प्यालेसले वल्भ्सलाई २-० ले, नर्विच सिटीले ब्रेन्टफोर्डलाई २-१ पराजित गर्दा ब्राइटन र न्युकासल युनाइटेडले १-१ को बराबरी खेलेका छन् ।



source https://www.onlinekhabar.com/2021/11/1035204

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More