Tuesday, 2 November 2021

पाँच दलीय गठबन्धनले मिलेर चुनाव लड्छ : माधव नेपाल

१६ कात्तिक, रौतहट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउने चुनाव पाँचदलीय गठबन्धनले मिलेर लड्ने बताएका छन् । तालमेलका लागि पाँच दलका नेताहरु बसेर छलफल गर्ने र एकताबद्ध भएर अगाडि बढ्ने उनले बताए ।

गृह जिल्ला रौतहट आएका नेता नेपालले मंगलबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै अहिले अर्ली इलेक्सन आवश्यक नभएको बताए । चुनावलाई कम खर्चिलो बनाउन तीनै तहको निर्वाचन एकै साथ गर्नेमा उनको जोड छ ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको विवादको विषयमा सत्तारुढ गठबन्धनका नेताहरु बसेर छलफल गर्ने उनले बताए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्री विदेशबाट फर्किएपछि हामी छलफल गर्छौं ।’

अधिकांश समय एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका नेता नेपालले उनी निरंकुश र एकल शासन रुचाउने व्यक्ति भएको बताए । उनले ओली प्रवृतिबाट देशलाई मुक्त गर्न जरुरी रहेको समेत धारणा राखेका छन् ।



source https://www.onlinekhabar.com/2021/11/1033452

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More