Friday, 5 November 2021

‘सूर्यवंशी’ले हलमा फर्कायो दर्शक

१९ कात्तिक, काठमाडौं । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि चलचित्र हल सुनसान रहे । कोरोनाको दोस्रो लहरपछि असोज २१ गतेबाट चलचित्र हल सञ्चालनमा आएपनि दर्शकहरु हलसम्म पुगेका थिएनन् । निर्माता–निर्देशकहरु पनि चलचित्र रिलिज गर्न डराइरहेका थिए ।

कोरोनाले थलिएको नेपाली चलचित्रलाई बलिउड चलचित्र ‘सूर्यवंशी’ले चलायमान बनाउने विश्वासमा चलचित्रकर्मीहरु थिए । शुक्रबारबाट चलचित्र ‘सूर्यवंशी’ प्रदर्शनमा आएको छ । र, चलचित्रकर्मीको अपेक्षाअनुरुप हलमा चलचित्र हेर्ने दर्शकको उपस्थिति बाक्लो देखिएको छ ।

नयाँबानेश्वरको आईप्लेक्स मलको वान सिनेमाज, कमलपोखरीस्थित विग मुभिज, क्यूएफएक्स चेनका विभिन्न हल, चावहिलस्थित एफक्युब सिनेमा लगायतका हलमा  बिहानैदेखि दर्शकको चाप देखिएको छ । रोहित सेट्टीको निर्देशनमा बनेको ‘सूर्यवंशी’मा अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका छ ।

तस्वीरहरु

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर



source https://www.onlinekhabar.com/2021/11/1034864

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More