Friday, 5 November 2021

लागूऔषधसहित महोत्तरीबाट दुई युवक पक्राउ

२० कात्तिक, जलेश्वर । भारतबाट लागूऔषध बोकी नेपाल आएका दुई युवकलाई प्रहरीले महोत्तरीमा पक्राउ गरेको छ । सोनमा गाउँपालिका–३ का १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादवलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गएराति १० बजे भारत बिहारको सीतामढी जिल्लाको कन्हमा शहरबाट लागूऔषध बोकेर सम्सी गाउँपालिका–६ स्थित बजारमा आएका उनीहरूलाई प्रहरी टोलीले शंका लागी जाँच गर्दा लागूऔषधसहित पक्राउ गरिएको हो ।

ती युवकका साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित एकिझप्लौन सिरप दुई बोतल, स्पास्मो प्रोक्स ट्याब्लेट १८ थान र नाइट्रोजन ट्याब्लेट नौ थान बरामद गर्नुका साथै दुई थान मोबाइल र उनीहरुले चढी आएको भारतीय नम्बर बीआर ३० यू ६९५४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाइएको छ ।



source https://www.onlinekhabar.com/2021/11/1035081

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More