Saturday, 6 November 2021

संघर्षपूर्ण जितसँगै रियल मड्रिड शीर्ष स्थानमा फर्कियो

२१ कात्तिक, काठमाडौं । रायो भालेकानोमाथि संघर्षपूर्ण जित हात पार्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले रायो भालेकानोलाई २-१ गोलले हराएको छ ।

सान्टिएगो बेर्नाबाउमा भएको खेलमा घरेलु टोलीले १४औं मिनेटमा टोनी क्रुजको गोलबाट अग्रता लिएको थियो । खेलको ३८औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा भ्रमणकारी टोलीले खेलमा फर्किने संकेत दियो । रोयो भालेकानोका लागि ७६औं मिनेटमा फल्काओले गोल गरे । इन्जुरी टाइममा बराबरी गोल गरिसकेको थियो, तर रियलका क्रुजले गोललाइनबाट क्लियर गरिदिए ।

खेलमा बेन्जिमा गोलका केही अवसर खेर फालेका थिए भने भिनिसिनले पनि एउटा अवसर गुमाए । मार्को एसेन्सियोको प्रयासलाई विपक्षी गोल रक्षकले असफल तुल्याएका थिए ।

जितसँगै रियल मडि्रड पुनः लिगको शीर्ष स्थानमा फर्किएको छ । १२ खेलबाट २७ अंक जोडेको रियल, दोस्रो स्थानमा रहेको रियलको दोस्रो स्थानमा रहेको सोसिडाडभन्दा २ अंक बढी छ । समान खेलबाट २० अंक जोडेको रायो भालेकानो भने लिगको छैटौं स्थानमा काययमै छ ।



source https://www.onlinekhabar.com/2021/11/1035189

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More