Tuesday, 2 November 2021

फातीको गोलमा बार्सिलोना विजयी

१७ कात्तिक, काठमाडौं । अंशु फातीको गोलमा बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा वेडिनामो किभलाई १-० ले पराजित गरेको छ ।

समूह ई मा लगातार दोस्रो जितपछि बार्सिलोनाले ६ अंक जोडेको छ । त्यसअघिका दुई खेलमा बार्सिलोनाले लगातार हार बेहोरेको थियो ।

डिनामो किभको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि फातीले ७०औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

जितपछि बार्सिलोना चार खेलबाट ६ अंकसहित समूह ई को दोस्रो स्थानमा छ । साथै नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । यस समूहमा लगातार चार खेल जित्दै बायर्न म्युनिखले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।



source https://www.onlinekhabar.com/2021/11/1033948

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More