१६ कात्तिक, काठमाडौं । स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा सहभागी देशका नेताहरू सन् २०३० भित्र वन फँडानी रोक्न सहमत भएका छन् ।
यो सहमतिमा आज एक सय भन्दा बढी देशका नेताहरूले हस्ताक्षर गर्ने छन् ।
यो सहमतिलाई सम्मेलनको एक महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको बीबीसीले जनाएको छ । सहमतिमा हस्ताक्षर गर्ने देशहरूले विश्वको ८५ प्रतिशतभन्दा बढी वन क्षेत्र ओगट्छन् ।
वनजंगल विनास हुनुलाई जलवायु परिवर्तनको एक कारण मानिन्छ । सहमतिमा वन क्षेत्रको पुनःस्थापनाका लागि वित्तीय सहयोग र लगानीको वाचासमेत गरिने बीबीसीले जनाएको छ ।
source https://www.onlinekhabar.com/2021/11/1033384
0 comments:
Post a Comment