२५ पुस, काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार राष्ट्रपति भवन र संसद प्रवेश गरेर हंगामा मच्चाएका छन् । प्रदर्शनकारीहरू सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् ।
उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थाहरूमा तोडफोड समेत गरेका सीएनएनले ब्राजिलको स्थानीय मिडियालाई उद्धृत गर्दै लेखेको छ ।
ब्राजिलको महान्यायाधिवक्ताको कार्यालयले आइतबार देशको संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा तोडफोड गर्नेहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।
स्थानीय समाचार रिपोर्टहरूका अनुसार फुटेजमा पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरू सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा प्रवेश गरेको देखाएका छन् ।
अक्टोबरमा भएको चुनावमा बोल्सोनारोलाई वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले पराजित गर्दै ब्राजिलको राष्ट्रपति निर्वाचित भएका थिए । त्यसपछि बोल्सोनारोका समर्थकहरुले चुनावी परिणामहरू अस्वीकार गर्दै आएका छन् । लुलाको शपथ ग्रहण समारोहमा पनि बोल्सोनारो सहभागी भएका थिएनन् । उनका समर्थकहरुले समारोह बिथोल्न सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
All eyes need to be on Brazil right now. Democracy is completely under attack. Bolsonaro supporters are invading Congress, the presidential
palace, and realms of power in Brazil.
Unbelievable scenes.— Dr. Jennifer Cassidy (@OxfordDiplomat) January 8, 2023
सीएनएनका अनुसार नवनिर्वाचित राष्ट्रपतिको लागि भेला भएको टोली कार्यालयभित्र काम गरिरहेको बेला प्रदर्शनकारीहरू प्रवेश गरेका थिए, त्यतिबेला राष्ट्रपति त्यहाँ उपस्थित थिएनन् ।
केही अन्तर्राष्ट्रिय मिडियाहरूले बोल्सोनारोका समर्थकहरूले तल्लो सदन भवनमा आक्रमण गरेपछि एक पुरुष प्रदर्शनकारी ब्राजिलको सभामुखको कुर्सीमा बसिरहेको देखिन्छन् ।
आक्रमणको निन्दा
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ब्राजिलको राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालतमा भएको आक्रमणको निन्दा गरेका छन् ।
राष्ट्रपति बाइडेनले भने, ‘ब्राजिलमा प्रजातन्त्रमाथि भएको आक्रमणको म निन्दा गर्दछु । ब्राजिलका प्रजातान्त्रिक संस्थाहरूलाई हाम्रो पूर्ण समर्थन छ र उनीहरूको इच्छालाई कमजोर पार्नु हुँदैन । म ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग काम गर्न जारी राख्न तत्पर छु ।’
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि ब्राजिलको लोकतान्त्रिक संस्थामा भएको आक्रमणको निन्दा गरेका छन् । उनले हिंसालाई लोकतान्त्रिक संस्थामाथि आक्रमण गर्न नहुने बताए ।
कतिपयले ब्राजिलमा आइतबार भएको घटनालाई ६ जनवरी २०२१ मा अमेरिकी क्यापिटलमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले गरेको आक्रमणसँग तुलना गरेका छन् । उक्त आक्रमणबारे छानबिन गर्न गठित संसदीय समितिले ट्रम्पलाई फौजदारी अभियोग अनुसार कारबाही गर्नुपर्ने प्रतिवेदन बुझाइसकेको छ ।
The Bolsonaristas have now invaded the floor of the Federal Senate, and the Supreme Court. And The Bolsonarista insurrectionists are just ransacking the Supreme Court. January 8th 2023 a day now never to be forgotten by Brazil. pic.twitter.com/7tTX0Av0pG
— Dr. Jennifer Cassidy (@OxfordDiplomat) January 8, 2023
source https://www.onlinekhabar.com/2023/01/1244771
0 comments:
Post a Comment