मिर्गौला रोग किन लाग्छ ? कसलाई लाग्छ ? कसरी लाग्छ ? यसमा एउटा मात्र जवाफ छैन । जीवनशैली, खानपान आदिमा हुने असन्तुलनले मिर्गौलामा समस्या पैदा हुन्छ । चिकित्सकहरुका अनुसार उच्च रक्तचाप जस्ता रोगले पनि मिर्गौलालाई खराब बनाउन सक्छ ।
अहिले हामीकहाँ मिर्गौला रोगीको संख्या बढ्दो छ । मिर्गौला रोगबारे उत्तिकै भ्रम पनि छ । मिर्गौला रोग लागेपछि त्यसको उपचार, उपचार खर्च आदिबारे पनि अन्यौल पाइन्छ ।
भ्रम- मिर्गौलाको रोग यसरी लाग्छ कि कुनै संकेत पाइदैन
हुन त यो भनाईमा केही सत्यता पनि छ, कतिपय अवस्थामा मिर्गौला रोग लागेको थाहा पत्तो हुँदैन । जब अन्तिम अवस्थामा पुगिन्छ, तब मात्र मिर्गौला खराब भइसकेको थाहा हुन्छ ।
क्रनिक किड्नी डिजिजका कारण मिर्गौला ९६ प्रतशितसम्म खराब हुन्छ । थोरै मात्र समस्या भयो भने चिकित्सकलाई देखाउनुपर्छ । सामान्य रक्त तथा पिसाब परीक्षणबाट नै मिर्गौलाको अवस्थाबारे थाहा पाउन सकिन्छ ।
भ्रम- मिर्गौला रोगको उपचार एक लामो र खर्चिलो प्रक्रिया हो
यो गलत हो । मिर्गौला रोग त्यती खर्चिलो हुँदैन, जति बाहिर हल्ला छ । त्यस्तै यो असहज पनि होइन । यसमा दुई प्रकारको परीक्षण हुन्छ, सामान्य यूरिन टेस्टबाट यूनिमा प्रोटिनको मात्रा जाँच गरिन्छ । यदि यूरिनमा प्रोटिनको मात्रा कम छ, त्यसो हो भने यो मिर्गौला रोगको संकेत हुनसक्छ । जीएफआर (ग्लोमेरुलर फिल्ट्रेशन रेट)को पता लगाउनका लागि सामान्य रक्त परीक्षणबाट जिआरएफ नम्बर थाहा हुन्छ कि तपाईंको मिर्गौलाले कति राम्ररी काम गरिरहेको छ ।
भ्रम- कसैलाई थाहा हुँदैन कि मिर्गौलाको रोग किन लाग्छ ?
मिर्गौला रोगको सबैभन्दा दुई प्रमुख कारण हुनसक्छ, मधुमेह र उच्च रक्तचाप । यसको कारण दुबै मिर्गौलाको स-सना रक्त नली क्षतिग्रस्त हुन्छ । यसले मिर्गौलालाई हानी पुर्याउँछ । केही अरु स्थिती हो, जसले मिर्गौलालाई हानी पुर्याउँछ । यसमा सम्मिलित छ हृदय रोग, ग्लोमेरुलोनेप|mाइटिस र जन्मजात पोली सिस्टिक किड्नी डिजिज, जसले गर्दा मिर्गौलामा सिस्ट बन्छ ।
भ्रम- मिर्गौला रोगको एकमात्र उपचार डायलसिस हो ।
मिर्गौला रोगका सबै पीडितका लागि डायलसिसको आवश्यक्ता पर्दैन । प्रारम्भिक स्तरमा यसलाई व्यायाम, खानपान, औषधीबाट नियन्त्रण गर्न सकिन्छ । यस किसिमको कतिपय व्यक्ति मिर्गौलाको गंभिर रोगी हुनबाट बच्न सक्छन् र सामान्य जीवन विताउन सक्छन् । यसैले एकदम जरुरी कुरा हो कि, मिर्गौला खराब हुँदाको सुरुवाती चरणबारे थाहा हुनु । अतः त्यसको उपचारको लागि उपयुक्त तयारी गर्नु ।
डायलसिस र प्रत्यारोपण त्यसबेला मात्र आवश्यक हुन्छ, जब मिर्गौला फेल हुन्छ ।
भ्रम- एक मिगौला फेल हुन्छ कि दुबै ?
सबै स्वास्थ्य जटिलताको कारण दुबै मिर्गौला फेल हुन्छ । मिगौला फेलियर शब्दावली तब प्रयोग गरिन्छ, जब दुबै मिर्गौलाले काम गर्न छाड्छ । यदि एउटा मिर्गौला ठिक छ भने रगतमा यूरियाको स्तर खास बढ्दैन ।
भ्रम : मिर्गौला यसै पनि खराब हुन्छ
होइन, मिर्गौलालाई हामीले स्वस्थ्य राख्न सकिन्छ। पोषक भोजनको सेवन गरौ, नियमित रुपले व्यायाम गर्रौ, रगतमा चिनीको मात्रा नियन्त्रण गरौ, तौल नियन्त्रण गरौ, धुमपान छाडौ, पेनकिलरको प्रयोग कम गरौ । यी सबै बानीले मिर्गौलालाई स्वस्थ्य राख्न सकिन्छ ।
source https://www.onlinekhabar.com/2020/01/831828
0 comments:
Post a Comment