१४ माघ, काठमाडौं । ललितपुरमा राष्ट्रिय प्राविधिक प्रदर्शनी हुने भएको छ ।
इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थीहरूको संस्था लोकसले यही यही माघ १७ गतेदेखि १९ सम्म ३ दिन प्रदर्शनी गर्न लागेको हो । लोकसले अघिल्ला वर्ष पनि यस्ता प्रदर्शनी गर्दै आएको थियो । यो प्रदर्शनीको १७ औं शृंखला हो ।
लोकसले सोमबार एक पत्रकार सम्मेलन गरेर प्रविधि क्षेत्रमा लागेकालाई प्रेरित गर्न प्रदर्शन गर्न लागेको जनाएको छ ।
पुल्चोक क्याम्पसको प्रांगणमा आयोजना हुने प्रदर्शनीमा युवा विद्यार्थीहरूले विकास गरेका विभिन्न प्रविधि राखिने आयोजकले जनाएको छ ।
source https://www.onlinekhabar.com/2020/01/831832
0 comments:
Post a Comment