Wednesday 29 January 2020

मानव बेचबिखन आरोपमा दक्षिणकाली–४ का वडाध्यक्षसहित ३ पक्राउ

१६ माघ, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कासहित ३ जना मानव बेचबिखन आरोपमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले खड्कासँगै व्रिजगोपाल श्रेष्ठ र नवल ठाकुरलाई गत शुक्रबार सानेपाबाट नियन्त्रणमा लिएको हो ।

एक महिलाले सानेपाको एक खाजाघरमा देहव्यापार गर्ने गरेको उजुरी दिएपछि प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा वडाध्यक्ष श्रेष्ठसहित ३ जना देहव्यापार र मानव बेचबिखनमा संलग्न भएको देखिएपछि गत शुक्रबार नियन्त्रणमा लिएको ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

पक्राउ परेका ठाकुर भारत मोतिहारीका हुन् भने श्रेष्ठ काठमाडौं महानगरपालिका १६ का स्थायीबासिन्दा हुन् ।

एसएसपी राईका अनुसार, मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार ९ दिन म्याद थपेर उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ ।

वडाध्यक्ष पक्राउबारे नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले भने मौनता साधेका छन् । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले खड्का घुम्न निस्केको जानकारी आफूले पाएको बताए । ‘केही दिनदेखि वडाध्यक्ष खड्का सम्पर्कमा हुनुहुन्न । घुम्न गएको सुनेको हुँ । तर पक्राउबारे केही थाहा छैन’, वडाध्यक्ष खड्का पक्राउबारे अनलाइनखबरले राखेको जिज्ञासामा मेयर बस्नेतले भने ।



source https://www.onlinekhabar.com/2020/01/832380

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More