Tuesday 28 January 2020

शिवमाया तुम्बाहाङ्फे नेकपा केन्द्रीय सदस्य मनोनित

१५ माघ, काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ ।  मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेकाे हो ।

नेकपा महासचिव विष्णु पौडेलले मंगलबारको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको पुष्टि गरे ।

नेकपा केन्द्रीय समिति बैठक बुधबार दिउँसो ३ बजे सुरु हुँदैछ । यही केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । केन्द्रीय सदस्य बनेपछि आजको बैठकमा सहभागी हुन तुम्बाहाङ्फेलाई बाटो खुलेको छ ।

तुम्बाहाङ्फेले तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् ।  उपसभामुख बनेपछि दलीय आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यता त्यागेकी थिइन् ।

गत असोजमा सभामुख रिक्त भएपछि त्यसकाे पूर्तिका लागि उनले नेकपाकै आग्रह अनुसार पदबाट राजीनामा गरेकी थिइन् । पार्टी आग्रहअनुसार राजीनामा गरेकी तुम्बाहाङ्फेले पुनः सक्रिय राजनीतिमा आउने इच्छा व्यक्त गरेपछि नेकपाले उनलाई केन्द्रीय सदस्य बनाएको हो । योसँगै उनलाई सक्रिय राजनीतिमा आउन बाटो खुलेको छ ।



source https://www.onlinekhabar.com/2020/01/832066

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More