Monday 27 January 2020

शाइन रेसुङ्गा बैंकमा पनि आरटीजीएस प्रणाली शुरु

१४ माघ, बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैक लि. र नेपाल राष्ट्र बैंकबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयन गर्ने सम्झौता भएको छ ।

सम्झौतामा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल र शाइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि बैंकका ग्राहकले रकमान्तर गर्न चेक काटेर रकम जम्मा गर्नुपर्दैन ।

यो प्रणालीले गर्दा चेक क्लियरेन्स हुन एकदिन पर्खिनुपर्ने झन्झटबाट सेवाग्राही मुक्त हुने छन् । यो प्रणाली अनुसार ग्राहकले सम्बन्धित बैंकमा गई एउटा फारम भरेपछि तत्कालै खातामा रकम जम्मा हुने छ ।

यो सम्झौतापछि बैंकका ७० वटा शाखा कार्यालयका चारलाख ग्राहक लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताए । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले पुसदेखि लागु गरेको यो प्रणाली प्रदेश ५ का विकास बैंक मध्ये शाइन रेसुंगाले पहिलोपटक लागु गरेको हो ।

एक महिना अघि राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगाले निकट भविष्यमै संघीय राजधानी काठमाडौंसहित सातवटै प्रदेशका मुख्य शहरमा शाखा कार्यालय विस्तारको तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/01/831807

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More