Monday 27 January 2020

मुख्यमन्त्रीले उद्घाटन गर्ने महायज्ञस्थलमा पुरुषको शव भेटियो

१४ माघ, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-५ गिधनियामा पुरुषको शव फेला परेको छ । गिधनियामा मंगलबारबाट सुरु हुने ‘सीताराम नाम जप महायज्ञ’ स्थलमा एक पुरुषको शव भेटिएको हो ।

आगामी माघ २६ गतेसम्म चल्ने महायज्ञ आज मंगलबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम छ ।

महायज्ञका लागि सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई बस्नका लागि बनाइएको अस्थायी टेन्टभित्र पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताए ।

अन्दाजी ४०/४५ वर्षको उमेरको देखिने पुरुषको चिसोले कठ्यागि्रएर मृत्यु भएको बताउँदै उनले पहिचान भने नखुलेको बताए ।

ती पुरुष बेलुका खाना खाएर सुतेका थिए । मृत अवस्थामा भेटिएपछि शव पोष्टमार्टमका लागि कोसी अस्पतालमा पठाइएको छ ।



source https://www.onlinekhabar.com/2020/01/831838

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More