Tuesday, 5 May 2020

इलाममा सशस्त्र प्रहरी र विप्लव समूहबीच मध्यराति गोली हानाहान

२३ वैशाख, इलाम । इलामको माई नगरपालिका–९, बोरुङमा सशस्त्र प्रहरी र प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।

मंगलबार बिहान १ बजे विशेष सुराकीका आधारमा दानाबारी र चिसापानीबाट गएको टोलीले स्थानीय धनबहादुर लिम्बुको घरमा घेरा हालेपछि विप्लव समूहको सेन्ट्रीले गोली चलाएको सशस्त्र प्रहरीले जनाएको छ । त्यसपछि सशस्त्र प्रहरीले जवाफी ७ राउण्ड फायरिङ गरेको थियो ।

घटनास्थलबाट विप्लव समूहका इलाम जिल्ला इञ्चार्ज हिम भन्ने पुष्प कोइराला, कार्यकर्ता जलन शेर्पा र सौरभ तामाङ पक्राउ परेका छन् । उनीहरुको साथबाट १९ वटा डेटोरनेटर फ्युज, फ्युज र डेटोनेटर लगाउँदा पड्किने गरी तयार गरिएको एउटा प्रेसर कुकर, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चा पदार्थ तीन किलो, बाइनाकुलर लगायत बरामद भएको सशस्त्र प्रहरीको बराह बाहिनी, पकलीका डीआईजी नगेन्द्र थापाले अनलाइनखबरलाई बताए ।

थप अनुसन्धानका लागि पक्राउ परेका व्यक्ति र बरामद सामग्री नेपाल प्रहरीको जिल्ला कार्यालय, इलाममा बुझाइएको छ ।



source https://www.onlinekhabar.com/2020/05/861039

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More