Saturday, 4 July 2020

कञ्चनपुरमा एक जनाको हत्या

२१ असार, कैलाली । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका–५ मा शनिबार राति धारिलो हतियार प्रहार गरी स्थानीय ५० वर्षीय गोपाल कुँवरको हत्या भएका हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमर थापाका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छ । थापाले भने, ‘घटनामा संलग्न देखिएका गौरव खड्का फरार छन्, खोजी भइरहेको छ ।’

सामान्य विवादमा कुँवरको हत्या भएको स्थानीय बताउँछन् । प्रहरीले भने विस्तृत अनुसन्धान गरिरहेको छ ।



source https://www.onlinekhabar.com/2020/07/878932

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More