Wednesday 29 July 2020

भारतमा एकैदिन थपिए ५० हजारभन्दा धेरै कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा कोरानेा भाइरस (कोभिड (१९) का ५० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५२ हजार १२३ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या पनि १५ लाख ८३ हजार ७९२ पुगेको छ ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ७७५ जनाको मृत्यु भएको छ । यससँगै भारतमा समग्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४ हजार ९६८ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका १० लाख २० हजार ५८२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

भारतमा बुधबार मात्र चार लाख ४६ हजार ६४२ नुमुना परीक्षण गरिएको थियो । अहिले भारतमा कोरोना भाइरसको परीक्षण गर्ने प्रयोगशालाको संख्या पनि एक हजार ३२१ पुगेको छ । जसमध्ये ९०७ सरकारी प्रयोगशाला र ४१४ निजी प्रयोगशाला छन् ।



source https://www.onlinekhabar.com/2020/07/885723

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More