Wednesday 29 July 2020

सिराहामा कल्भर्टमा डुबेर एकको मृत्यु

१५ साउन, जनकपुरधाम । सिराहाको सिराहा नगरपालिकामा एकजना व्यक्तिको कल्भर्टमा डुबेर मृत्यु भएको छ ।

सिराहा नगरपालिका-१० स्थित पदमपुरबाट नरैया जाने भित्रि सडकखण्डको कल्भर्टमा डुबेर सोही वडाका झगरु मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

५० वर्षीय मुखियाको सोही कल्भर्टमा डुबेर मृत्यु भएको र शवलाई परीक्षणका लागि जिल्ला अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/07/885729

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More