Tuesday 28 July 2020

नयाँ प्रकृतिको खतरनाक लागुऔषध विराटनगरबाट बरामद, एकजना व्यवसायी पक्राउ

१४ साउन, विराटनगर । विश्व बजारमा महंगो र खतरनाक मानिएको मेथामफेटामाइन आइस लागुऔषधसहित मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार साँझ आधा किलो मेथामफेटामाइन आइससहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेललाई पक्राउ गरेको हो । पोखरेल व्यावसायी हुन् ।

विराटनगर बरगाछीबाट पक्राउ परेका पोखरेलको साथबाट २ सय २२ ग्राम मेथान्टामाइन बरामद भएको थियो । अनुसन्धानका क्रममा घरमा पनि लुकाएको पाइएपछि प्रहरीले थप पाँच सय ३० ग्राम बरामद गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले लागूऔषध बरामद गरेको थियो ।

मेथामफेटामाइनलाई नयाँ प्रकृतिको खतरनाक लागुऔषध मानिन्छ ।

प्रहरीका अनुसार विश्वको महंगो सूचीमा पर्ने लागुऔषध मोरङमा बरामद भएको पहिलो घटना हो । हाइप्रोफाइल ड्रग्सको रुपमा परिचित यो लागूऔषध प्रदेश १ मा पहिलो पटक बरामद भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । ‘काठमाडौंमा १–२ पटक यो लागुऔषध बरामद भएको छ,’ उनले भने ‘पूर्वमा पहिलो पटक हो ।’

उनका अनुसार पक्राउ परेका पोखरेलमाथि अनुसन्धान भइरहेको छ । विषेश सूचनाका आधारमा विराटनगरबाट पक्राउ परेका पोखरेलले नेटवर्क बनाएर लागुऔषधको कारोबार थालेको हुन सक्ने प्रहरीको अनुमान छ ।



source https://www.onlinekhabar.com/2020/07/885421

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More