१२ साउन, काठमाडौं । पोखरा विश्वविद्यालयले नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिममा सुरु गर्ने भएको छ ।
भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने विश्वविद्यालयद्वारा सूचनामा उल्लेख छ ।
लामो दुरीका गाडीहरू भदौबाट मात्रै खुल्ने र विद्यार्थीहरू देशका विभिन्न भागमा छरिएर रहेकाले भदौ सुरुमा परीक्षा सञ्चालन गर्न नसकिने विश्वविद्यालयले जनाएको छ । सूचनामा परीक्षा सञ्चालन गर्दा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइने जनाएको छ ।
सरकारले भदौदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै विश्वविद्यालयले परीक्षा सञ्चालनको तयारी गरेको हो ।
source https://www.onlinekhabar.com/2020/07/884915
0 comments:
Post a Comment