Sunday, 26 July 2020

कंगनाले ‘गली ब्वाई’लाई वाहियात फिल्म भनेपछि जोयाको यस्तो जवाफ

नायिका कंगना रनौटले चलचित्र ‘गली ब्वाई’लाई वाहियात भनेकी थिइन् । ‘गली ब्वाई’ जस्ता चलचित्रले अवार्ड पाउँदा ‘छिछोरो’ले नपाएको भन्दै उनले आक्रोश व्यक्त गरिन् ।

कंगनाले ‘गली ब्वाई’लाई वाहियात भनेपछि यसकी निर्देशक जोया अख्तरले जवाफ फर्काएकी छिन् । जोयाले भनिन्–‘कंगना रनौटले सबै अवार्ड कार्यक्रम बहिष्कार गरिसकेकी छिन्, तर उनी अझै पनि अवार्डको बिषयमा बोलिरहेकी छिन् ।’

‘गली ब्वाई’लाई वाहियात भनेको बिषयमा जोयाले भारतीय मिडियासँग भनिन्–‘हामी प्रजातान्त्रिक देशमा छौं, यसैले सबैले आफ्नो भनाई राख्न पाइन्छ । मलाई मेरो कामको बिषयमा मानिसहरुले दिएको प्रतिक्रियामा कुनै आपत्ती छैन ।’

सुशान्त सिंह राजपुतको निधनपछि आक्रोशित बनिरहेकी कंगनाले बलिउडका ठूला कम्पनी र ती कम्पनीका मालिकको समेत आलोचना गरिरहेकी छिन् । उनले, बलिउड नायिका, निर्माता, निर्देशकको आलोचना गरेपछि धेरैले जवाफ पनि फर्काएका छन् ।



source https://www.onlinekhabar.com/2020/07/884922

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More