Wednesday 29 July 2020

पहिरोले पूर्वपश्चिम राजमार्ग अवरुद्ध

१५ साउन, बुटवल । कपिलवस्तुको सुरई खोला नजिक पहिरो जाँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षापछि खसेको पहिरोले बिहीबार बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

ठूलो पहिरो खसेकाले सडक खुलाउन चार–पाँच घण्टा समय लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । वर्षा नरोकिएकाले सडक हटाउने काम गर्न कठीन भएको उनले बताए ।

यस्तै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका फुदबाङमा पहिरो जाँदा सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/07/885728

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More