Friday 27 November 2020

अन्तिम दुई मिनेटमा दुई गोल गर्दै न्यूकासल विजयी

१३ मंसिर, काठमाडौं । न्यूकासल युनाइटेडले यस सिजन प्रिमियर लिगमा चौथो जित हात पारेको छ । गएराति भएको लिगको एकमात्र खेलमा न्यूकासलले अन्तिम दुई मिनेटमा दुई गोल गर्लै क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको हो । जितपछि न्यूकासल १०औं स्थानमा उक्लेको छ ।

प्यालेसको मैदानमा भएको खेलमा ८८औं मिनेटसम्म खेलको गोलरहित बराबरी भएको थियो । तर अन्तिम दुई मिनेटमा न्यूकासलले दुई गोल गर्‍यो । ८८औं मिनेटमा कलुम विल्सनले गोल गर्दै अग्रता दिलाए भने ९०औं मिनेटमा जोएलिन्टनले न्यूकासलको लागि दोस्रो गोल गरे ।

सिजनको चौथो जितपछि १० खेलबाट १० अंक जोड्दै न्यूकासल १०औं स्थानमा उक्लेको हो । यस सिजन प्रिमियर लिगमा टोटनहम हट्सपर, लिभरपुल र लेस्टर सिटीले समान ६ खेल जितेका छन् ।

पराजित प्यालेस भने १० खेलबाट १३ अकसहित १३औं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2020/11/912024

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More