Tuesday, 23 February 2021

जिरुडको शानदार गोलमा चेल्सीले एट्लेटिकोलाई हरायो

१२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीले एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ ।

गएराति भएको खेलमा लण्डन क्लब चेल्सीलाई जित दिलाउन ओलिभर जिरुडले दोस्रो हाफमा शानदार गोल गरेका थिए । उनले ६८औं मिनेटमा बाइसाइकल किमार्फत गोल गरेका हुन् ।

उनको गोललाई रेफ्रीले सुरुमा अफसाइड दिए पनि पछि भिएआर रिभ्यु मार्फत गोलले मान्यता पाएको हो ।

कोरोनाको कारण एट्लेटिकोले घरेलु मैदानको खेल रोमानियामा खेलेको हो ।

दोस्रो लेग मार्च ७ मा चेल्सीको मैदानमा हुनेछ ।



source https://www.onlinekhabar.com/2021/02/933322

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More