२१ माघ, काठमाडौं । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले सस्तो भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबारका लागि छापावाल सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार उक्त सुन प्रतितेला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघले आजकालागि तेजावी सुनको प्रतितेला मूल्य ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले सस्तो भएको छ । मंगलबार १३८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बुधकार १३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
source https://www.onlinekhabar.com/2021/02/928548
0 comments:
Post a Comment