Tuesday, 23 February 2021

फुटबल खेलाडीको मुटु परीक्षण, एन्फा र शहीद गंगालाल राष्ट्रिय मुटु केन्द्रबीच सम्झौता

११ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको मुटु परीक्षण शहीद गंगालाल राष्ट्रिय मुटु केन्द्रमा गरिने भएको छ । यस विषयमा मंगलबार अखिल नेपाल फुटबल संघ एन्फा र शहीद गंगालाल राष्ट्रिय मुटु केन्द्रबीच सम्झौता भएको छ ।

अबदेखि फुटबल खेलाडीहरुको प्रतियोगिताअघि मुटु परीक्षण गरिनेछ ।

गंगालाल हस्पिटलमा भएको एक कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र शहीद गंगालाल राष्ट्रिय मुटु केन्द्रका कार्यकारी निर्देशक चन्द्र मणी अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एन्फा र गंगालाल राष्ट्रिय मुटु केन्द्रबीच भएको एमओयु अनुसार गंगालाल हस्पिटलले फुटबल खेलाडीहरुको मुटुको अवस्थाबारे परीक्षण गर्नेछ । यस्तै स्पोर्ट्स कार्डिओलोजीमा अध्ययन र अनुसन्धान गर्नको लागि एन्फाले गंगालाल हस्पिटलसँग सहकार्य गर्ने एन्फाले जनाएको छ ।

सम्झौताअनुसार राष्ट्रिय पुरुष टिम महिला टिम र एन्फा एकेडेमीका खेलाडीहरुको मुटु परीक्षण हुनेछ ।

गंगालाल हस्पिटलका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले यस्तो खालको सम्झौता नेपालमै पहिलो भएको भएको भन्दै आफ्नो दक्षता प्रयोग गर्ने बताए । ‘नेपालमा खेलाडीको मुटुको अवस्थाको बारेमा अहिलेसम्म कसैले रिसर्च गरेको छैन । आशा छ हामीले आफ्नो क्षमता र अनुभव खेलाडीको स्वास्थ्य अवस्था सुधार गर्न प्रयोग गर्नेछौँ,’ अधिकारीले भने ।

यस्तै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीहरु फिट रहनु फुटबलको महत्वपूर्ण पक्ष रहेको बताए । ‘खेलाडी फिट रहन मुटुको अवस्था पनि सही हुनुपर्छ । यस सहकार्यले खेलाडीको स्वास्थ्य अवस्था सुधार गर्न सहयोग गर्नेछ,’ शेर्पाले भने ।

सम्झौताअनुसार मंगलवारै २० खेलाडीको मुटुको परीक्षण गरिएको छ । दीप कार्की, अजित भण्डारी, देभेन्द्र तामाङ, एरिक विष्ट, नवयुग श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल राई, सुरज विक, आशिष लामा, त्रिदेभ गुरुङ, छिरिङ गुरुङ, दर्शन गुरुङ, निशान खड्का, संजोक राई, रवि शंकर पासवान, पाल्साङ लामा र रन्जित धिमालको मुटुको परीक्षण गरिएको हो ।

फोटो : एन्फा



source https://www.onlinekhabar.com/2021/02/933325

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More