Sunday, 2 May 2021

प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिताः मुख्यमन्त्री पोखरेल

२० वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पुनर्नियुक्ति विधानसम्मत रहेको दाबी गरेका छन् । प्रदेशमा पछिल्लो समय देखिएको राजनीतिक घटनाक्रममा प्रदेश सभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिएको आरोपसमेत उनले लगाएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत् मुख्यमन्त्री पोखरेलले यस्तो आरोप लगाएका हुन् ।

विमला कुमारी खत्री फाल्गुन २३ को फैसलापछि एमालेको प्रदेशसभा दलमा सहभागी हुँदै आएको भन्दै मुख्यमन्त्री पोखरेलले उक्त विवरण त्यतिबेला नै प्रदेशसभामा दर्ता भइसकेकोमा अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरीत कार्य रहेको दाबी पोखरेलको छ । यसमा प्रदेश सभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु दुःखद् रहेको पोखरेलले फेसबुकमा उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस आफ्नै खुसीले माओवादी केन्द्र रोजेकी हुँ : विमला वली

उनले संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवमा सूर्य चिन्हवाट चुनाव लडेका खत्रीको समर्थन कानुनी रुपमा समेत अन्यदललाई हुन सक्तैन भन्ने ज्ञान नभएको टिप्पणी समेत गरेका छन् ।

उनले लेखेका छन् ‘अविश्वास प्रस्ताव दर्तापछि जनता समाजवादीका चारजना सदस्यहरुलाई अल्पमत रहेका दलका सदस्यको सिफारिसका आधारमा कारबाहीको षडयन्त्रपूर्ण नाटक मञ्चनपछि नेकपा९एमाले० बहुमत प्राप्त दल बनेको हो । बहुमत प्राप्त दललाई सरकार सञ्चालनको संवैधानिक दायित्व रहन्छ ।’

यो पनि पढ्नुहोस ‘महामारीको चिहान’माथि राजनीतिक तमासा यो पनि पढ्नुहोस अल्पमतमा पर्दापर्दै नियुक्ति, प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमै बोलाएर शपथ

source https://www.onlinekhabar.com/2021/05/950575

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More