Saturday, 24 July 2021

टोकियो ओलम्पिक : अमेरिकाले खोल्यो स्वर्णको खाता

१० साउन, काठमाडौं । ३२औं गृष्मकालीन ओलम्पिक अर्थात टोकियो ओलम्पिक २०२० मा अमेरिकाले पहिलो स्वर्ण पदक जितेको छ ।

जापानमा भइरहेको ओलम्पिकको तेस्रो दिन आइतबार पौडी खेलाडी चेस कालिसले अमेरिकालाई पहिलो स्वर्ण दिलाएका हुन् ।

कालिसले पुरुष ४ सय मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण जितेका हुन् । उनले ४ मिनेट ०९.४२ सेकेण्डको समयसहित स्वर्ण जिते ।

यस्तै अमेरिकाकै जे लिथरल्याण्डले ४ मिनेट १०.२८ सेकेण्ड समय निकाल्दै रजत जिते भने अष्ट्रेलियाका स्मिथ ब्रेण्डनले कास्य जिते ।

स्वर्णको खाता खोलेपछि अमेरिकाले टोकियो ओलम्पिकमा कूल ७ पदक जितिसकेको छ । १ स्वर्ण ३ रजत र ३ कास्यहसति अमेरिका तेस्रो स्थानमा छ । चीनले ३ स्वर्ण र आयोजक जापानले २ स्वर्ण जितिसकेको छ ।



source https://www.onlinekhabar.com/2021/07/988846

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More