Sunday, 25 July 2021

ट्युनिसियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्री बर्खास्त, संसद पनि भंग

११ साउन, काठमाडौं । ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै संसदसमेत भंग गरेका छन् । सरकारविरुद्ध देशभर विरोध प्रदर्शन चलिरहेको बेला राष्ट्रपति केस सैयदले संसद भंग गर्दै प्रधानमन्त्री हिचम मेचिचीलाई बर्खास्त गरेका हुन् ।

कोरोना महामारीविरुद्ध लड्न र अर्थव्यवस्था ठिक तरिकाले सन्चालन गर्न नसकेको भन्दै ट्युनिसियामा सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ । केही शहरहरुमा प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।

यहीबीचमा राष्ट्रपति सैयदले आइतबार संसद भंग गरेका हुन् । उनले एक नयाँ प्रधानमन्त्रीको सहयोगमा कार्यकारी अधिकार ग्रहण गर्ने पनि बताएका छन् । उनले आफ्नो यो कदम संवैधानिक भएको जिकीर गरेका छन् ।

सरकारी मिडियामा दिएको एक बयानमा राष्ट्रपति सैयदले भनेका छन्- पाखण्ड, विश्वासघात र जनताको अधिकार लुट्नेहरु र हतियार उठाउने योजना बनाउनेहरु सबैलाई म चेतावनी दिन चाहन्छु । जसले गोली चलाउने छ, उमाथि सशस्त्र बलले पनि गोलीले जवाफ दिने छ ।



source https://www.onlinekhabar.com/2021/07/989331

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More