१० साउन, काठमाडौं । ३२औं गृष्मकालीन ओलमपिक अर्थात टोकियो ओलम्पिक २०२० मा अमेरिकाले आफ्नो पहिलो स्वर्ण पदक जितेको छ ।
जापानमा भइरहेको ओलम्पिकको तेस्रो दिन आइतबार पौडी खेलाडी चेस कालिसले अमेरिकालाई पहिलो स्वर्ण दिलाएका हुन् ।
कालिसले पुरुष ४ सय मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण जितेका हुन् । उनले ४ मिनेट ०९.४२ सेकेण्डको समय सहित स्वर्ण जिते ।
यस्तै अमेरिकाकै जे लिथरल्याण्डले ४ मिनेट १०.२८ सेकेण्ड समय निकाल्दै रजत जिते भने अष्ट्रेलियाका स्मिथ ब्रेण्डनले कास्य जिते ।
स्वर्णको खाता खोलेपछि अमेरिकाले टोकियो ओलम्पिकमा कुल ७ पदक जितिसकेको छ। एक स्वर्ण तीन रजत र तीन कांस्यहसति अमेरिका तेस्रो स्थानमा छ । चीनले तीन स्वर्ण र आयोजक जापानले २ स्वर्ण जितिसकेको छ ।
source https://www.onlinekhabar.com/2021/07/988814
0 comments:
Post a Comment