Saturday, 6 November 2021

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२१, कार्तिक, चितवन। चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

भाइटीकाको दिन राति लोथर खोला ड्याम घुम्न गएका चितवनको राप्ती नगरपालिका-१ घालनचोक बस्ने २८ वर्षीयका सागर लामासहित तीनजनालाई हात्तीले आक्रमण गरेको थियो ।

हात्तीले आक्रमण गरेपछि बेपता भएका सागरको लोथर खोला पारीपट्टि मनहरी गाउँपालिका-६ खयरघारीमा आइतबार विहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सागरसँगै घुम्न गएका ३५ वर्षीय कृष्ण लामा सामान्‍य घाइते छन् भने २३ वर्षीय शक्ति गुरुङ सकुशल छन्।



source https://www.onlinekhabar.com/2021/11/1035230

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More