Wednesday, 3 November 2021

कञ्चनपुरका बाढी पीडितलाई स्पेनबाट सहयोग 

बार्सिलोना । स्पेनका नेपालीहरूको सहयोगमा कञ्चनपुरका बाढी पीडितहरूलाई राहत वितरण कार्य सम्पन्न भएको छ।

भीमदत्त नगरपालिका – १३  बडैपुरका १७० घर परिवारलाई मंगलबार राहत स्वरूप खाद्यान्न वितरण गरिएको हो । भीषण वर्षापछि महाकाली नदीको पानी पसेर स्थानीयहरूको अन्नबालीमा ठूलो क्षति पुगेको स्पेन निवासी व्यवसायी दिनेश गिरीले बताए।

प्रभावित क्षेत्र कञ्चनपुर पुगेका एनआरएनए आईसीसीका प्रस्तावित सदस्यसमेत रहेका गिरीले भने, ‘तीन-चार दिनको तयारीपछि हामी श्री सिद्व माध्यमिक बिद्यालयमा नै पुगेर राहत वितरण गरेका छौं। स्पेनबासीको सम्झना र दुखेको घाउमा मलम लिएर पुग्यौं।’ उनका अनुसार प्रत्येक परिवारलाई २५ किलो चामाल, तीन किलो दाल, एक किलो नुन र एक लिटर तेल बराबरको राहात वितरण गरिएको छ।

‘केही दिनअघि सोही नगरपालिको अर्को वडामा राहत वितरण गरिएको रहेछ,’ गिरीले भने, ‘आफूहरूले राहात नपाउँदा यहाँका वडावासी दुखिद् रहेछन् । त्यसैले हामीले सही ठाउँ नै छनोट गरिएछ भन्ने लाग्यो। स्थानीयहरूको गुनासोलाई केही हदसम्म सम्बोधन गर्न सकेका छौं।’

महाकाली नदीको पानी किसानका खेतहरूमा पसेर नष्ट गरिदिएपछि उनीहरू चिन्तित भएको गिरीले बताए। ‘राहत वितरण कार्यमा स्थानीय प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र प्रहरीले समन्वयकारी भूमिका रह्यो,’ उनले भने। राहत वितरण संयोजन एनआरएनए क्षेत्रीय समिति पाईसभास्कोमा निर्वतमान सचिव खगेन्द्र बमले गरेका थिए।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य सुनिल रानाभाटको पहलमा स्पेनमा दुई लाख ६७ हजार हजार ६३२ रुपैयाँ संकलन भएको थियो।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य रानाभाटले समयमा नै रकम संकलन गरेर प्रभावित क्षेत्रमा राहत वितरण सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् । ‘एक व्यक्ति विशेषको सहयोगभन्दा पनि स्पेनवासी नेपाली समुदायको नै सहयोग हो। समयमा नै राहात वितरण हुनुपर्छ भनेर नै हामीले पहल गरेका हौं,’ रानाभाटले थपे।

उत्तर राई, तुलसी गुरुङ, महेश्वर घिमिरे, यज्ञ नारायण पौडेल (रमेश), अक्कल बोहोरा, केशबराज कंडेल, दानबहादुर भुजेलको सक्रियतामा स्पेनमा विभिन्न क्षेत्रहरुबाट रकम संकलन भएको थियो।



source https://www.onlinekhabar.com/2021/11/1034436

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More