Monday, 2 January 2023

प्रधानमन्त्री प्रचण्डले सरकारको स्पीरिट अनुसार काम गर्न सचिवहरुलाई निर्देशन दिने

१९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयका सचिवहरुलाई आज निर्देशनात्मक सम्बोधन गर्दैछन् । हिजो सचिवहरुबाट कामकारबाहीबारे रिपोर्टिङ सुनेका प्रधानमन्त्री प्रचण्डले आज उनीहरुलाई थप सुझावसहित निर्देशन दिन लागेका हुन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई सिंहदरबारमा बैठक राखेर मन्त्रालयबाट हुँदै आएका काम र सचिवलगायतका कर्मचारीहरुको कार्यशैलीबारे जिज्ञासा राखेका थिए । सो दिन अधिकांश मन्त्रालयका सचिवहरुको ब्रिफिङ सकिएको छ । मंगलबार बाँकी मन्त्रालय र आयोगहरुका सचिवहरुबाट ब्रिफिङ हुने छ ।

प्रचण्डको सचिवालयका एकजना सदस्य सूर्यकिरण शर्माले ब्रिफिङ सकिएपछि प्रधानमन्त्रीले बिहान ११ बजे सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्ने जानकारी दिए ।

सरकारको सफलता र असफलतामा कर्मचारी संयन्त्रको ठूलो भूमिका हुने भएकाले सरकारको लक्ष्य उद्देश्य प्राप्तिका लागि सोही स्पीरिटमा काम गर्न प्रचण्डले निर्देशन दिने उनको सचिवालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/01/1241952

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More