Monday, 2 September 2019

एनआरएनए डेनमार्कमा नयाँ नेतृत्व, खड्का बने अध्यक्ष

बार्सिलोना। एनआरएनए डेनमार्कको अध्यक्षमा रवीन्द्र खड्का विजयी बनेका छन् ।

शनिबार सम्पन्न निर्वाचनमा ५२४ मत प्राप्त गर्दै खड्का दुईवर्षे कार्यकालका लागि अध्यक्षमा विजयी बनेका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वी डोलराज पौडेललाई ११९ मतले पछि पारे । कुल १ हजार ६२ मतदाता रहेकोमा ९५४ मत मात्रै खसेको थियो।

अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य पदका लागि भएको मतदानमा रमेश काफ्लेले बाजी मारेका छन् । आफ्ना प्रतिस्पर्धीलाई मात्रै ७ मतले पछि पार्दै उनी विजयी भएका हुन् । काफ्लेले ४५९ मत हासिल गर्दा उनका प्रतिस्पर्धी दीपक सापकोटाले ४५२ मत पाए । सापकोटा एनआरएनए डेनमार्कका पूर्व अध्यक्षसमेत हुन्।

यस्तै महासचिव राजमान तामाङ्लाई पछि पार्दै शैलेन्द्र अधिकारी विजयी बनेका छन्। महिला संयोजकमा शोभा न्यौपाने विजयी बनिन्। यसअघि नै महिला उपाध्यक्षमा अन्जु पराजुली, सचिवमा महेश सिंह खत्री, कोषाध्यक्ष रविन काजी श्रेष्ठ र युवा संयोजकमा शशि श्रेष्ठ निर्विरोध निर्वाचित बनेका थिए।

यस्तै दुर्इ महिला सदस्यहरु शकुन्तला सुनाम र पुष्प खड्का बुढाथोकी पनि निर्विरोध बने। कार्यसमिति सदस्यहरुमा प्रकाश श्रेष्ठ, दीप शर्मा, लक्ष्मण कंडेल, नारायण बस्याल र सुनील आचार्य विजयी बनेका छन्। खुल्लातर्फ ५ सदस्य पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो।

एनआरएनए डेनमार्कले विद्युतीय प्रणालीमार्फत मतदान गरेको हो । विद्युतीय प्रणालीमार्फत मतदान गरिएकाले परिणम १ घण्टामै परिणाम सार्वजनिक भएको थियो ।

नयाँ कार्यकालका लागि चुनिएका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण आइतबार नै लिएका छन् । नयाँ नेतृत्वको कार्यकाल २ वर्ष अर्थात् सन् २०२१ सम्म हुनेछ ।



source https://www.onlinekhabar.com/2019/09/793132

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More